२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

रातो मच्छिन्दद्रनाथको रथारोहण सम्पन्न

शनिबार १०, साउन २०७७ ०३:२४

रातो मच्छिन्दद्रनाथको रथारोहण सम्पन्न

ललितपुर  । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ । शनिबार नागपञ्चमीका शुभसाइत हेरेर रथारोहण गरिएको हो।

रथारोहण समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने निर्णय भए पनि उल्लेख्य मात्रामा मानिसहरू सहभागी भएका छन्।

यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो।

कोरोना भाइरसले रातो मच्छिन्द्रनाथको रथारोहण के गर्ने भन्ने समस्या थियो। 

यो काठमाडौं उपत्यकाको सबभन्दा लामो रथजात्रा हो।

वैशाख कृष्ण पक्षको प्रतिपदादेखि सुरू हुने जात्रामा वैशाख शुक्ल पक्षको प्रतिपदाको दिनदेखि रथयात्रा सुरू गर्ने चलन छ।


#रातो मच्छिन्द्रनाथ

प्रतिकृया दिनुहोस