Bishes Khabar https://bisheskhabar.com Bishes Khabar - विश्वसनीय डिजिटल पत्रिका en-US hourly 1 Copyright 2026 Thu, 22 Jan 2026 13:12:12 +0545 बैतडी कांग्रेसले माघ १० मा बोलायो चुनाव केन्द्रीत बृहत भेला https://bisheskhabar.com/news/7361 Wed, 21 Jan 2026 21:18:40 +0545 https://bisheskhabar.com/news/7361 बैतडी । नेपाली कांग्रेस बैतडीले आसन्न निर्वाचन केन्द्रीत छलफलका लागि बृहत भेला बोलाएको छ ।

माघ १० गते विहान १० बजेदेखि पाटन नगरपालिकाको एकीकृत सभाहलमा बृहत भेला आयोजना गरेको हो । 

भेलामा पार्टी र भातृ संस्थाका वडादेखि केन्द्रसम्मका पदाधिकारीलाई बोलाइएको हो । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिसहित पार्टीका पूर्व पदाधिकारीहरुलाई उपस्थितिका लागि आव्हान गरेको छ। 

बैतडीमा कांग्रेस जिल्ला सभापति चतुरबहादुर चन्द प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष समेत रहेका चन्द पहिलो पटक संसदीय निर्वाचन लड्न लागेका हुन् । शिक्षण पेशासँगै क्रिकेटको विकासमा सक्रिय रहेका चन्द २०७४ मा शिक्षकबाट अवकाश लिएर सक्रिय राजनीतिमा आएका थिए।

त्यसअघि नेपाल शिक्षक संघको जिल्ला अध्यक्ष हुँदादेखि उनी जिल्लाको राजनीतिमा प्रभाव राख्दै आएका छन् । शिक्षक संघको नेतृत्वमा रहँदा गाउँगाउँसम्म प्रभाव बढाएका चन्द पछिल्लो समय नेपाली क्रिकेटको सफलताको कारण झन् बढी लोकप्रिय भएका छन् । 

चन्द उम्मेदवारीले कांग्रेस नेता कार्यकर्ता उत्साहित भएका छन् । गत निर्वाचन माओवादीसितको गठबन्धनको कारण हसिँया हथौडमा भोट हालेका कांग्रेस कार्यकर्ता यसपाली प्रभावशाली नेता उम्मेदवार बन्दा उत्साहित देखिएका छन् । 

माघ १० को भेलामा पार्टी र भातृ संस्थाका ८४ वटै वडादेखि प्रदेश र केन्द्रीय तहका सबै नेता-कार्यकर्ताहरुलाई अनिवार्य उपस्थितिको आग्रह गरिएको कांग्रेस बैतडीका जिल्ला सचिव प्रेमबहादुर चन्दले बताए ।

]]>
एसईई चैत १९ गतेदेखि २९ सम्म https://bisheskhabar.com/news/7360 Wed, 21 Jan 2026 18:49:17 +0545 https://bisheskhabar.com/news/7360 काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

जस अनुसार चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । त्यस्तै चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितिय खण्डका सबै विषयको परीक्षा सञ्चालन हुने छ । 

बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीका अनुसार चैत २७, २८ र २९ गते भने प्राविधिक धारका बाँकी विषयका परीक्षा सञ्चालन हुने छ ।

यसपटक फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएका कारण एसईई गत वर्षको भन्दा १२ दिन ढिलो हुन लागेको हो । गत वर्षको एसईई चैत ७ गतेदेखि सञ्चालन भएको थियो । 

]]>