२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

अमेरिकाबाट पाण्डेको सहयोगमा दुलाल दम्पती र मालाकारद्वारा राहत वितरण

शुक्रबार ०४, असार २०७८ १२:५६

अमेरिकाबाट पाण्डेको सहयोगमा दुलाल दम्पती र मालाकारद्वारा राहत वितरण

काठमाडाैं । अमेरिकामा बसाेबास गर्ने महेन्द्रराज पाण्डेको सहयोगमा ठमेल पर्यटन विकास परिषद्का सदस्य राजेन्द्र दुलाल, समिक्षा दुलाल र युवा समाजसेवी सोजेशमान मालाकारमार्फत काठमाडाैंकाे ठमेलका विपन्न र असहाय परिवारलाइ राहत वितरण गरिएकाे छ ।

कोरोना महामारीको दोस्रो लहरको कारणले निषेधाज्ञा जारी भएपछि दैनिक कामकाज गर्दै जीवनयापन गर्नेहरूले निकै कठिनाई भोग्नु परिरहेको छ। दैनिक कामकाज ठप्प हुदाँ असहज परिस्थितिमा रहेका ठमेलका विपन्न र असहाय परिवारलाइ दुलाल दम्पती र समाजसेवी मालाकारले शुक्रबार राहत स्वरूप खाद्यान्न हस्तान्तरण गरेका हुन् ।  

राहत वितरण कार्यक्रममा महानगरीय प्रहरी बृत लैनचाैरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश बिष्ट, महानगरीय प्रहरी बृत दरबारमार्गका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेल र स्थानीयकाे उपस्थिति थियो।

राहत वितरणमा समाजसेवी मालाकारले निषेधाज्ञाले हातमुख जाेर्न समस्या भएका परिवारलाइ थाेरै भए पनि सहयाेग पुगाेस् भनेर खाद्यान्न सहयाेग गरेकाे बताए । उनी ठमेल  पर्यटन विकास परिषद्काे अाउदो निर्वाचनमा महासचिव पदमा उम्मेदवार बन्ने दाैडमा छन् । राहत वितरणसँगै मतदाता भेटघाट पनि भइरहेकाे मालाकारले बताए ।  


प्रतिकृया दिनुहोस