२०८१ बैशाख ०६ गते बिहिबार | 18 April, 2024

ठमेलका युवा समाजसेवी मालाकारद्वारा राहत वितरण

बुधबार ०२, असार २०७८ ०१:२७

ठमेलका युवा समाजसेवी मालाकारद्वारा राहत वितरण

काठमाडाैं । कोरोना महामारीको दोस्रो लहरको कारणले निषेधाज्ञा जारी भएपछि दैनिक कामकाज गर्दै जीवनयापन गर्नेहरुले निकै कठिनाई भोग्नु परिरहेको छ।

त्यसै क्रममा दैनिक कामकाज ठप्प हुदाँ असहज परिस्थितिमा रहेका ठमेलका विपन्न र असहाय परिवारहरुको सेवामा २६ वडाका समाजसेवी सोजेशमान मालाकार अघि सरेका छन्।

विभिन्न सामाजिक संघ सस्थाको सचिव र सह-संयोजककाे भूमिका निर्वाह गर्दै अाएका मालाकारले निषेधाज्ञामा राहत (खाद्यान्न)  सामग्री वितरण गरेका हुन्। दैनिक कमाई गरि खानुपर्ने व्यक्तिहरु रोगले भन्दा भाेगले मारमा परेकाले राहत वितरण गरिएको मालाकारले बताए । 

उक्त राहत वितरण कार्यक्रममा महानगरीय प्रहरी बृत लैनचाैरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश बिष्ट, ठमेल पर्यटन बिकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणा र सदस्य राजेन्द्र दुलाल र स्थानीयकाे साथ र सहयाेग रहेकाे थियो।

मालाकार ठमेल पर्यटन बिकास परिषद्काे अाउँदो निर्वाचनमा महासचिव पदकाे दाैडधुपमा छन् । उनी अहिले मतदाता भेटघाटकै क्रममा व्यस्त छन् ।


प्रतिकृया दिनुहोस