बुधबार ०९, पुष २०८२ १०:५३
काठमाडौं । नेपालमा पेय पदार्थको बजारमा पछिल्लो केही वर्षमा उल्लेखनीय परिवर्तन आएको छ। विशेषगरी युवा पुस्ता र स्वास्थ्यप्रति सचेत नागरिकको बीचमा, अब पेय पदार्थहरू केवल प्यास मेटाउने साधन मात्र नभई तिनीहरूको जीवनशैली, व्यक्तित्व र सामाजिक प्रतिष्ठासँग पनि गहिरो सम्बन्धित छन्।
यस्ता उपभोक्ताहरू अब पेय पदार्थको रूपमा एक नयाँ अनुभव खोजिरहेका छन् । बदलिँदो बजार र समाजिक मनोविज्ञानलाई मध्यनजर राख्दै, ३ सिस्टर्स माल्ट बेभरेज नेपाली बजारमा प्रवेश गरेको छ।
यसले न केवल नेपाली उपभोक्ताहरूलाई उच्चतम दर्जाको स्वाद र गुणस्तरको अनुभव दिनेछ, बरु यसको प्रिमियम पैकेजिङ र नवीनतम स्वादहरूले यसलाई नयाँ युगको पेय पदार्थको रूपमा स्थापित गर्ने कम्पनीको अपेक्षा छ।
नेपाली बजारमा यसको आगमनले एक नयाँ लहरको सुरुवात गरेको छ, जहाँ उपभोक्ताहरू केवल साधारण पेय पदार्थको खोजीमा छैनन्, बरु उनीहरूलाई एक यस्तो पेय पदार्थ चाहिन्छ जसले उत्सवको रौनकलाई कायम राखोस्, स्वास्थ्यलाई नोक्सान नगरी स्वादमा उत्कृष्टता प्रदान गरोस् र एक उच्च स्तरको जीवनशैलीलाई प्रस्तुत गरोस्। ३ सिस्टर्स माल्ट बेभरेज यस आवश्यकता र चाहनालाई सही रूपमा सम्बोधन गर्दै नेपाली बजारमा आएको छ।
नेपालमा पछिल्लो समय "सोसल ड्रिङ्किङ" को संस्कृति बदलिरहेको छ। पहिले, कुनै पनि पार्टी, जमघट या सामाजिक गतिविधि भनेको भनेको अल्कोहलको अनिवार्य उपस्थितिको कुरा थियो। तर आजकलका उपभोक्ताहरू स्वास्थ्य र स्टाइलको सन्तुलनमा ध्यान दिन थालेका छन्। अहिलेका युवा र सचेत नागरिकहरू पेय पदार्थहरूको रूपमा केवल अल्कोहललाई नभई, त्यसको स्थानमा स्वस्थ, स्वादिष्ट र आकर्षक विकल्प खोजिरहेका छन्।
उनीहरूका लागि ३ सिस्टर्स माल्ट बेभरेज एक उत्तम विकल्प बन्न पुगेको छ। यो पेय पदार्थ केवल एक स्वादिष्ट पेय मात्र होइन, यसको प्रिमियम प्याकेजिङ र अन्तर्राष्ट्रिय स्तरको स्वादले यसलाई कुनै पनि सोसल इवेन्टमा एक 'क्लास' र आत्मविश्वासको प्रतीक बनाएको छ।
३ सिस्टर्स माल्ट बेभरेजको सबैभन्दा आकर्षक पक्ष भनेको यसको स्वादको विविधता हो। यो पेय पदार्थले बजारमा उपलब्ध अन्य साधारण सफ्ट ड्रिंक्सहरूको तुलनामा धेरै फरक र अनौठो अनुभव प्रदान गर्छ। यसले आफ्ना उपभोक्ताहरूलाई ७ फरक प्रकारका स्वादका विकल्पहरू प्रदान गरेको छ, जसले ग्राहकलाई आफ्नो मूड र रुचिअनुसार उपयुक्त चयन गर्नको लागि एक विस्तृत दायरा दिन्छ। यसका स्वादहरूमा क्लासिक माल्ट, पिच, पिच-म्याङ्गो, किवी-मिन्ट, जिन्जर-माल्ट, क्र्यानबेरी र स्ट्रबेरी जस्ता विभिन्न प्रकारका स्वाद समावेश छन्।
यसले उपभोक्तालाई सास्वत र प्रिमियम स्वादको अनुभव दिन्छ भने, प्रत्येक स्वादको खासियतले यसलाई अन्य पेय पदार्थहरूभन्दा फरक र विशिष्ट बनाउँछ।
क्लासिक माल्टको स्वादले एक शुद्ध र वास्तविक माल्ट अनुभव प्रदान गर्छ। यो स्वाद साधारण र प्राकृतिक चाहनामा आधारित छ र यसले वास्तविक माल्टको असल स्वादलाई समेटेको छ। "आँप" र "पिच"को फ्युजन स्वरूप रहेको पिच-म्याङ्गो स्वादले यहाँका उपभोक्ताहरूको मन जित्ने निश्चित कम्पनीको अपेक्षा छ ।
यसैगरी, "किवी-मिन्ट" स्वादमा किवीको अमिलो र पुदिनाको शितलता मिलाएर, यो गर्मीको मौसमको लागि उपयुक्त हुने कम्पनीको दाबी छ । स्वास्थ्यप्रति सचेत उपभोक्ताहरूको लागि "जिन्जर-माल्ट" विशेष प्रस्ताव गरिएको छ, जसले हल्का पिरो स्वाद र अदुवाको सन्तुलन दिने गर्छ। पार्टी र विशेष उत्सवका लागि "क्र्यानबेरी" र "स्ट्रबेरी" जस्ता मीठा र सुगन्धित फ्लेवरहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
३३० एमएलको स्टाइलिश सिसाको बोतलमा प्रस्तुत गरिएको छ । ३ सिस्टर्स माल्ट बेभरेजको अधिकतम खुद्रा मूल्य १८५ रुपैयाँ तोकिएको छ, जसले नेपाली उपभोक्तालाई यस अन्तर्राष्ट्रिय स्तरको प्रिमियम ड्रिंकको अनुभव सस्तो मूल्यमा प्राप्त गर्न अवसर दिने कम्पनीको दाबी छ ।
प्रतिकृया दिनुहोस