२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

प्ले ब्वाय लाउन्जको सहयोगमा मालाकारद्वारा राहत वितरण

सोमबार १४, असार २०७८ ०३:५७

प्ले ब्वाय लाउन्जको सहयोगमा मालाकारद्वारा राहत वितरण

काठमाडाैं । कोरोना महामारीको दोस्रो लहरको कारणले निषेधाज्ञा केही खुकुलो भए पनि दैनिक कामकाज गर्दै जीवनयापन गर्नेहरुका लागि भने कठिनाई भोग्नु परिरहेको छ।

त्यसै क्रममा दैनिक कामकाज ठप्प हुदाँ असहज परिस्थितिमा रहेका ठमेलका विपन्न र असहाय परिवारहरुको सेवामा बीपी स्टडी युथ सर्कल काठमाडौंका सचिव सोजेशमान मालाकार अघि सरेका छन् ।

विभिन्न सामाजिक संघ सस्थाको सचिव र सह-संयोजककाे भूमिका निर्वाह गर्दै निषेधाज्ञामा राहत (खाद्यान्न)  सामग्री वितरण गरेका छन्।

दैनिक कमाई गरि खानुपर्ने व्यक्तिहरु रोगले भन्दा भाेगले मारमा परेकाले राहत वितरण गरिएको प्ले ब्वाईका संचालक सुबास जिसीले बताएका छन्। प्ले ब्वाय लाउन्ज एन्ड क्लबकाे सहयाेगमा ठमेलमा राहत वितरण गरिएकाे हाे । 

उक्त राहत कार्यक्रममा महानगरीय प्रहरी बृत लैनचाैरका प्रमुख प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद दाहाल,महानगरीय प्रहरी बृत दरबार मार्गका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेल,ठमेल पर्यटन बिकास परिषद्का सदस्य राजेन्द्र दुलाल,नेपाल विधार्थी संघ शंकरदेव क्यामपसका विधार्थी नेता सन्तोष गौतम र स्थानिय व्यक्तिहरुकाे साथ र सहयाेग रहेकाे थियो।

ठमेल पर्यटन बिकास परिषद्काे अाउदोँ निर्वाचनमा मालाकारले पनि महासचिव पदका लागि अाफ्नाे तयारी जुटाउन र मतदाता भेटघाटकै क्रममा व्यसत रहेकाे जानकारी गराए। उनी नेपाली कांग्रेस निकटका ब्यक्ति हुन् ।

प्ले ब्वाय लाउन्ज एन्ड कल्ब हाल सरकारद्वारा जारी बन्दाबन्दीकाे कारणले बन्द अवस्थामा रहे पनि विपन्न नागरिकका लागि सामाजिक दायित्व बहन गर्नुपर्ने क्लबका अर्का संचालक किरण थापाले जानकारी गराए।


प्रतिकृया दिनुहोस