२०८२ पुष ०९ गते बुधबार | 24 December, 2025

पैसा धेरै भएपछि १६ दिनका लागि २५ अर्ब झिक्दै राष्ट्र बैंक

- विशेष खबर बुधबार ०९, पुष २०८२ १२:०३

पैसा धेरै भएपछि १६ दिनका लागि २५ अर्ब झिक्दै राष्ट्र बैंक

काठमाडौँ । वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि आज बुधबार राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ झिक्न लागेको छ ।

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले पछिल्ला दिनमा लामो अवधिका लागि पैसा झिक्दै आएको छ । तर आज भने निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १६ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

 

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहु–बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।


प्रतिकृया दिनुहोस