२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

सूचना आयोगकाे स्थापना दिवसमा अभियन्ता आचार्यसहित सूचना अधिकारी र कर्मचारी पुरस्कृत

- विशेष खबर शुक्रबार २३, बैशाख २०७९ ११:१०

सूचना आयोगकाे स्थापना दिवसमा अभियन्ता आचार्यसहित सूचना अधिकारी र कर्मचारी  पुरस्कृत

काठमाडाैं । राष्ट्रिय  सूचना आयोगले स्थापना दिवसकाे अवसरमा सूचनाकाे हकका अभियन्तासहित सूचना अधिकारी र कर्मचारीलगायतलाइ पुरष्कृत गरेकाे छ । 

आयोगले बिहीबार स्थापनाकाे १५ वर्ष प्रवेशकाे अवसरमा बिभिन्न क्षेत्रबाट सूचनाकाे हकका अभियन्ता र सूचना अधिकारी र कर्मचारीहरूलाइ पुरष्कृत गरेकाे हाे । उनीहरूलाइ उपराष्ट्रपति नन्दकिशोर पुनले पुरस्कार हस्तान्तरण गरेका थिए । 

सूचनाको हकको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने सूचनाको हकका अभियन्ताहरुलाई बिनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कारबाट सुदूरपश्चिम प्रदेशबाट उमीदप्रसाद बागचन्द, गण्डकी प्रदेशबाट दुर्गा आचार्य, मधेश प्रदेशबाट कैलाश माझी र वाग्मती प्रदेशबाट मनोज रौनियारलगायत पुरस्कृत भएका थिए ।  

कार्यक्रममा आयोगमा रहेर उत्कृष्ट कार्यसम्पादन गरेबापत उपसचिव विश्वबन्धु पौडेल, शाखा अधिकृत डिल्लीराम भट्ट र नायव सुव्वा हेमन्त रिज्याललाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्किृत गरिएको थियो । त्यसैगरी सूचना प्रवाहको क्षेत्रमा उत्कृट योगदान गरेबापत उत्कृष्ट सूचना अधिकारी पुरस्कारबाट कमलामाई नगरपालिका सिन्धुलीका सूचना अधिकारी ई. निर्मल लामा, जिल्ला समन्वय समिति बागलुङका नासु दुर्गाप्रसाद शर्मा, यातायात व्यवस्था सेवा कार्यालय, हेटौडाका अधिकृत राजु अर्याल, चौदण्डीगढी नगरपालिका उदयपुरका अधिकृत सत्यनारायण हुजदार र व्यास नगरपालिका दमौली तनहुँका बरिष्ट अधिकृत गोकर्णराज वाग्ले पुरस्कृत भएका थिए ।

गण्डकी प्रदेशबाट पुरष्कृत पर्वतकाे जलजला घरभएकी २२ वर्षीया आचार्य कान्छी सूचनाकाे हककी अभियान्ता रहेकाे बताइएकाे  छ । उनी हाल आइटी विषयमा उच्च शिक्षा अध्ययनरत छिन् । उनले संविधानले मौलिक हकको रुपमा स्थापित गरेको सूचनाको हक पाउने अधिकार धारा २७ को सफल कार्यन्वयन गराउन विभिन्न सरकारी र गैरसरकारी निकायमा गरि एक हजार भन्दा बढी सूचनाको माग गरेकी थिइन् । उनकै अभियानका कारण सरकारी तथा  गैरसरकारी निकायहरूले नागरिकलाई सूचना दिनुपर्छ भन्ने मान्यता स्थापित हुन सघाउ पुगेकाे थियाे ।  

कार्यक्रममा पुरस्कृत अभियन्ताको तर्फबाट मन्तव्य राख्दै उमीदप्रसाद वागचन्दले सूचनादाताको संरक्षण सम्बन्धी कानूनको साथै अभियन्ताहरुको संरक्षण सम्बन्धी कानूनको पनि व्यवस्था हुनुपर्ने, सूचनाको हकलाई प्रत्याभूत गर्नको लागि सूचनाको हकसम्बन्धी राष्ट्रिय सञ्जालमार्फत विस्तार गरी यसले महासंघको रुपमा आफ्नो कार्य अगाडी बढाउँदै लगेको छ । सूचनाको हकका अभियन्ताहरु सूचना अधिकारीहरुको टाउको दुखाईको विषय नभएको र राज्यले गर्ने प्रत्येक काम कारवाहीलाई पारदर्शी, जवाफदेही बनाई सही सूचना सम्प्रेषण गर्न सघाउ पुर्याउनु प्रमुख उद्देश्य रहेको बताए । 

उपराष्ट्रपति निवासमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले गरेका थिए । कार्यक्रममा सूचना आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनाली, आयोगका सचिव भागीरथ पाण्डेलगायतका सरकारी अधिकारी र सञ्चारकर्मी, सूचनाको हकका अभियन्तालगायत आयोगका कर्मचारीहरुको सहभागीता थियो ।


प्रतिकृया दिनुहोस