२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

नेपालमा इलेक्सन म्यानेजमेन्टको व्यावसायिक सुरुवात

बिहिबार २१, साउन २०७८ ०२:१४

काठमाडौं । चुनावी अभियान व्यवस्थापनकै कारण भारतका प्रशान्त किसोरको चर्चा भइरहेकै बेला नेपालमा पनि चुनावी अभियान व्यवस्थापनको व्यवसायिक सुरुवात भएको छ । 

करिव एक वर्षदेखि कम्पनी स्थापना गरेर आन्तरिक अभ्यास तथा गृह कार्यमा रहेको युवाहरुको एक समुहले नेपालमै पहिलो पटक इलेक्सन म्यानेजमेन्टको व्यावसायिक सुरुवात गरेको हो ।

बिभिन्न क्षेत्रका दक्ष युवा, बिज्ञ तथा विदेशमा यस्तो अनुभव लिएकाहरुको टीम नै निर्माण गरेर प्रिज्मा टेक्नोलोजिज मार्फत् इलेक्सन क्याम्प म्यानेजम्यान्ट सुरु गरेको यो समुहले जनाएको छ । ‘विश्वका उत्कृष्ट राजनीति अभ्यास भएका देशमा यस्तो अभ्यास छ’ प्रिज्मा ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र चटौतले भने, 'करिव एक वर्षदेखि हामीले इलेक्सन क्याम्प म्यानेजेमेन्ट सुरु गरेका छौं, हामीलाई जानकारी भएसम्म यो नेपालमै पहिलो पटक हो ।’

एक वर्षदेखि नेपालको राजनीतिक अवस्था, मौलिकता, बिगतका चुनावी परिणाम, पार्टी तथा बिभिन्न संघसंस्थाका चुनावी एजेण्डा तथा राजनीतिप्रतिको नागरिक धारणा बारे अध्ययन गरिरहेको यो समुहले केही संस्थागत चुनावमा अभ्यास पनि गरिसकेको जनाएको छ । ‘यो बीचमा हामीले बिगतका चुनाव र प्रचार अभियान, घोषणा पत्र, तिनमा नागरिकको आकर्षण बारे गहन् अध्ययन ग¥यौ’ प्रमुख कार्यकारी अधिकृत चटौतले भने, ‘पैसा भए चुनाव सजिलै जितिन्छ भन्ने मनोविज्ञान विकास हुँदै गएको पाइन्छ, जुन सरासर गलत छ ।’

साझेदारी गर्ने व्यक्ति, पार्टी वा संगठनलाई चुनावी मुद्दा, नारा, कार्यक्रम र प्रचारसामग्री निर्माणमा प्रत्यक्ष सहयोग पु¥याउने यो समुहले फिल्ड सर्भे, डाटा एनालाइसिस, आर्टिफिसियल ऐन्टिलिजेन्स तथा डिजिटल प्लेटफर्मको प्रयोगमार्फत् उम्मेदवारलाई चुनावमा सफल बनाउने रणनीति तय गरिने जनाएको छ । 

‘हामी सुक्ष्म किसिमले उम्मेदवारका लागि मार्ग निर्माण गछौं सिइओ चटौत भन्छन्, 'जसले उम्मेदवारलाई सफलता हासिल गर्न सक्षम बनाउँछ । चटौतले अगाडि भने, 'हामी नेपालका राजनीतकर्मीका एजेण्डा र नारा मात्रै हेरौ न, आवश्यकता एकातिर उम्मेदवार अर्कैतिर हुन्छन् । अझ, सबै कपिपेष्ट हुन्छन् ।'

बिशुद्ध व्यावसायिकभन्दा पनि सभ्य चुनाव र राजनीतिक संस्कार निर्माणका लागि पनि आफूहरुले यस्तो कार्य थालनी गरेको यो समुहको दाबी छ ।


प्रतिकृया दिनुहोस