- विशेष खबर सोमबार ०१, असार २०७७ ०६:१६
काठमाडौं । ओमानबाट १६६ यात्रु बोकेर सलामएयरको जाहाज काठमाडौँ विमानस्थलमा अबतरण गरेको छ । बिदेसमा बस्ने कोभिड–१९ बाट प्रभावित नेपालीहरुलाई सम्बन्धित देस तथा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पालनागरि आवश्यक प्रक्रिया पश्चात नेपालआउन सहजीकरण गर्ने भन्ने नेपाल सरकारको निर्णय अनुसार सम्बन्धित देसका राजदुताबासबाट आवश्यक कार्यहरु अघि बढि नेपाल फर्किन सरु भइसकेको छ ।
कोरोना भाइरसका कारण अप्ठ्यारोमा परेका नेपालीहरुको हवाई टिकट ब्यबस्थापनका सम्बन्धमा ओमानस्थित नेपाली राजदुताबास संगको सहकार्यमा सलाम एयरले नेपाली हरुका लागि मानवीय सहयोग स्वरूप सुलभ दरमा टिकट उपलब्ध गराएको हो । बिपतको घडीमा ब्यबसायिक मुनाफा भन्दापनि सेवाको भाबनाका साथ अघि बढ्ने सलाम एयर र आफ्ना नागरिकको सेवालाई ध्यानदिने ओमनस्थित नेपालीमहामहिम राजदुततथा राजदुताबाससंग आबद्ध सम्पूर्ण कर्मचारीहरुले उक्तकदमलाई सकरात्मक रुपमा लिएका छन।
सलाम एयरले नेपालमा आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई ट्राभलको जीएसए व्यवस्थापनमा उडान भर्दै आइरहेको छ । नेपालमा आफ्नो हवाई सेवा विस्तार गरेको करिब डेढ वर्षको हाराहारीमा नै माहामारीको अवस्था झेल्नु परेपनि मानवीय सेवाका लागि सलाम एयरको निक्कै ठूलो योगदान रहेको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले बताए ।
ओमानको पहिलो बजेट क्यारिअरका रुपमा सन् २०१६ मा स्थापित सलाम एयरलाइन्सले आफ्नो गरिमालाई उच्चबनाउँदै व्यवसायिकक्षमतामा वृद्धि गरेको छ । दिनानुदिन विभिन्न गन्तब्य थपिनुले पनि यस कुरालाई पुष्टि गर्दछ । ओमानमै ए३२० एनईओ भित्र्याउने पहिलो हवाई सेवाप्रदायकका रुपमा रहेको सलाम एयरले यसै वर्ष ६ वटा थप र २०२० सम्ममा २० वटा जहाज पु¥याउने लक्ष्यलिएको छ ।
सुरक्षानीतिलाई शून्य सहनसिलताका रुपमालिँदै यात्रुहरुको सन्तुष्टिलाई आफ्नो व्यवसायिकधर्मकारुपमालिइएको छ । ओमानको राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु¥याउने हेतुले आर्थिक अभिवृद्धि, रोजगारी सृजना र पर्यटन विकासकालागिआफूलाई सेतुको रुपमाउभ्याउन सफलभएको छ ।
प्रतिकृया दिनुहोस