२०८१ कार्तिक ०२ गते शुक्रबार | 18 October, 2024

नेबिसंघ नेता प्रेम माझीकाे पहलमा बर्दियाका १५ बिपन्न परिवारलाइ राहत

- विशेष खबर सोमबार १२, जेठ २०७७ ०१:१०

नेबिसंघ नेता प्रेम माझीकाे पहलमा बर्दियाका १५ बिपन्न परिवारलाइ राहत

काठमाडौं । नेपाल बिद्यार्थी  संघका नेता प्रेम माझीकाे पहलमा बर्दियाका १५ बिपन्न परिवारलाइ राहत स्वरूप खाद्यान्न सहयोग गरिएकाे छ ।

गाेरूवा गाउपालिका वडा न ४ बर्दियाका १५ अति बिपन्न परीवारलाइ  कोरोना भाइरस र लकडाउनका कारणले समस्यामा परेकाहरुलाई सहयोग गरेको हाे ।

साेमबार राहात स्वरूप  प्रति परिवार १५ किलाे चामल, तेल, दाल र नुन लगायतका खाद्य सामाग्री वितरण गरेकाे बिद्यार्थी नेता माझीले बताए ।

संकटकाे बेला काेहिपनि भाेकै बस्न नपराेस भनेर सहयाेग गरेकाे नेता माझीले बताए ।

नेता माझीकाे अगुवाइमा बर्दियामा रहेका युवाहरू बिजय आचार्य,जिबन माझी,रमेश साउद,इश्वर धमला,दिपक बिसि, नकेन्द्र थापा,खगेन्द्र माझी,आदित्य काफ्ले,आकाश शाही र माेहन माझी मार्फत राहात प्रदान गरीएकाे जानकारी दिए । 

माझीले यसअघि पनि बर्दियाका युवा नेताहरू संग समन्वय गर्दै बर्दिया, कैलाली र बाँकेका विभिन्न क्षेत्रमा मजदुर तथा बिद्यार्थीहरू लाइ राहत सहयोग गरेकाे थियो ।


प्रतिकृया दिनुहोस