२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

राइस कुकरभित्र झन्डै १ किलो सुन लुकाएर ल्याउने एक जना विमानस्थलमा पक्राउ

बुधबार २५, चैत २०७७ ११:४७

राइस कुकरभित्र झन्डै १ किलो सुन लुकाएर ल्याउने एक जना विमानस्थलमा पक्राउ

काठमाडाैं । राइस कुकरमा सुन लुकाएर ल्याउने एक जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

मंगलबार राति सवा १० बजे दुबईबाट आएको फ्लाई दुबईको विमानबाट आएका धनुषाका प्रकाश महरालाई विमानस्थलस्थित भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेका हुन्।

उनले ल्याएको सामानहरूको तौल बढी देखिएपछि जाँच गरेको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए।

उनले ल्याएको प्रेसर कुकरको तौल जाँच्दा बढी देखायो। पटक-पटक चेक गर्दा पनि तौल बढी भएपछि हामीले खोलेर हेर्‍यौं,' उनले भने,'कुकरको भित्र सुन राखिएको रहेछ।'

उनको साथबाट ९ सय ३४ ग्राम सुन बरामद गरेको बाँस्तोलाले बताए। त्यसमध्ये ८८४ ग्राम सुन उनले कुकरमा हालेका थिए भने ५० ग्रामको बाला थियो। 


प्रतिकृया दिनुहोस