२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

ग्लोबल आइएमई बैंकबाट चितवनमा ट्राफिक जरिबाना भुक्तानी गर्न मिल्ने

- विशेष खबर शुक्रबार ०७, फागुन २०७७ ०४:३८

ग्लोबल आइएमई बैंकबाट चितवनमा ट्राफिक जरिबाना भुक्तानी गर्न मिल्ने

चितवन । ग्लोबल आइएमई बैंक लिमिटेडले चितवन जिल्लाको ट्राफिक जरिबाना बापत बुझाउनुपर्ने रकम बैंकिङ्ग प्रणालीबाट भुक्तानी गर्ने सेवा सुरु गरेको छ । 

ग्लोबल आइएमई बैंक लिमिटेड र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन बीच भएको आपसी समझदारीअनुरुप चितवन जिल्लाभर सवारी नियम उल्लघंन हुँदा बुझाउनुपर्ने जरिबाना रकम बैंकका जुनसुकै शाखा कार्यालयबाट बुझाउन सकिनेछ । 

चितवनमा आयोजित एक विशेष कार्यक्रमबीच प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले उक्त सेवाको शुभारम्भ गरेका हुन् । 

बैंकका नारायणगढ शाखाका प्रबन्धक नारायण प्रसाद पौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा बैंकले आम जनमानसमा सरल सेवा प्रदान गर्ने कुरा व्यक्त गरे । 


#ग्लोबल आइएमई बैंक

प्रतिकृया दिनुहोस