२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

कीर्तिपुरमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न

- विशेष खबर आइतबार ०४, माघ २०७७ ०८:१४

कीर्तिपुरमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न

काठमाडाैं । २३औं भुकम्प सुरक्षा दिवसको अवसरमा कीर्तिपुर नगरपालिकाको समन्वयमा कीर्तिपुर स्वयंसेवक समाजको आयोजनामा शनिबार वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

रक्तदान कार्यक्रम निलबाराही सशस्त्र प्रहरी गण,कीर्तिपुर महिला सञ्जाल, भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट),समाजसेवी तथा रेडक्रसकर्मी कमल नकर्मी, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनको उपस्थितिमा भएकाे थियाे ।

कीर्तिपुर नगरपालिका मेयर महर्जनले रेडक्रसकर्मी कमल नकर्मीलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरेकाे थियाे । कार्यक्रममा १२ महिला र ४२ पुरुष गरि जम्मा ५४ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रमको अन्तमा गोलाप्रथाद्वारा एनसेटको सौजन्यबाट प्राप्त भएको ५ वटा गो ब्याग उपहार स्वरुप प्रदान गरिएको थियो।

अब किस्वसले प्रत्येक नेपाली महिनाको दोस्रो शनिबार मन्द:फल्चा कीर्तिपुर नयाँबजारमा नियमित रूपमा रक्तदान कार्यक्रमको आयोजना गर्ने कीर्तिपुर स्वयंसेवक समाज जनाएकाे छ  ।


#कीर्तिपुर स्वयंसेवक समाज #रक्तदान

प्रतिकृया दिनुहोस