२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

ब्यासको तिग्रममा हेल्थ डेस्क स्थापना, नाकामा निगरानी बढाइयो

मङ्गलबार ०४, चैत २०७६ ११:३०

ब्यासको तिग्रममा हेल्थ डेस्क स्थापना, नाकामा निगरानी बढाइयो

दार्चुला– ब्यास गाउँपालिका–५ तिग्रमस्थित नेपाल–भारत सीमामा कोरोना भारईस (कोभिड–१९) संक्रमणबाट सजकता अपनाउन झोलुङ्गे पुल क्षेत्रमा सोमबार हेल्थ डेस्क स्थापना गरेको छ ।

भारतमा कोरोना संक्रमण बढ्दै गएको झोलुङ्गे पुलबाट नेपाल–भारत आवतजावत धेरै हुने हुँदा यसको संक्रमण भित्रिन नदिने र यस बारेमा स्थानीयलाई जानकारी दिन गाउँपालिकाको स्वास्थ्य शाखाले हेल्थ डेस्क संचालन गरेको हो ।

ब्यासलाई भारत जोड्ने मुख्य नाकाबाट आवतजावत गर्ने स्थानीय माथि जाँच तथा चेतनामूलक सन्देश प्रवाह गर्ने उद्देश्यले गाउँपालिकाको सहयोगमा हेल्थ डेस्क स्थापना गरिएको स्वास्थ्य शाखा संयोजक चन्द्रसिह कुवरले बताए ।

ब्यासको पुलभन्दा अन्य अस्थाई बाटो प्रयोग गरेर बढीजसो नेपाल–भारत आवतजावत गर्ने गरेका छन् । अस्थाई बाटो धेरै संचालनमा रहेका हुनाले जनशक्ति अभावमा निगरानी अप्ठ्यारो भए पनि पहल भइरहेको गाउपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

भारत आउजाउ गर्ने अन्य बाटोमा पनि सतर्कता अपनाउन ब्यास गाउपालिकालाई जानकारी पठाइएको जिल्ला प्रशासनले जनाएको छ । यस बिषयमा प्रशासनको सहयोगमा आवश्यक कारवाही अगाडी बढाउने गाउँपालिकाले जनाएको छ ।
जिल्लाका मुख्य ५ नाका भारतसँग जोडिएका छन् ।

यसमध्ये चार नाकामा मात्र सम्बन्धित गाउँपालिकाको समन्वयमा हेल्थ डेस्क स्थापना भएको छ । बाँकी लेकम गाउँपालिकाको लालीमा पनि हेल्थ डेस्क स्थापनाका लागि पहल भइरहेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।  

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म महाकाली नगरपालिकाको सदरमुकाम खलंगास्थित पुल घाट, दत्तु, मालिकार्जुन गाउँपालिकाको जोलजीवि नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ ।


#कोरोना

प्रतिकृया दिनुहोस