२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

गैंडा गणना चैत १० गतेदेखि

सोमबार ०३, चैत २०७६ १०:५३

गैंडा गणना  चैत १० गतेदेखि

भरतपुर– यही चैत १० गतेदेखि यस वर्षको गैंडा गणना हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पत्र पठाएपछि चितवन राष्ट्रिय निकुञ्जले गणनाको आवश्यक  तयारी सुरु गरेको जनाएको छ ।

यसका लागि चैत ७ र ८ गते सौराहामा तालिम आयोजना हुने निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले बताए । तालिममा निकुञ्जका कर्मचारी, हात्तीसार, राष्ट्रिय प्रकृति संरक्षण कोषका १०० को सहभागिता रहने उनले बताए ।

संरक्षण अधिकृत उप्रेतीका अनुसार चितवनसँगै पसार्, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा  गणना गरिने छ । गैंडा गणना गर्न चैत महिना राम्रो हुने बताइएको छ ।

गैंडा गणना गर्न हात्तीको प्रयोग गरिन्छ । गर्मी बढेपछि हात्ती थाक्ने भएकाले चैत महिनाभित्रै गैंडा गणना गर्नु राम्रो मानिन्छ । नेपालमा सन् १९९४ ,२०००, २००५, २००८, २०११ र २०१५ मा गैंडा गणना गरिएको थियो । पछिल्लो गणनाले चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैंडा देखाएको थियो ।

चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटाकासहित ६४५ गैंडा थिए । चितवन सहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैंडाको वासस्थान छ । पछिल्लो गैंडा गणनाको दोस्रो वर्ष सन् २०१६ र सन् २०१७ मा बर्दिया र शुक्लाफाँटामा यहाँका गैंडा स्थानान्तरण गरिएको थियो । यसले पनि गैंडाको सङ्ख्या वृद्धि हुनसक्ने अनुमान गरिएको छ । सन् २०१५ को गणनापछि चोरी शिकारबाट मर्ने गैंडाको सङ्ख्या नगन्य छ । प्राकृतिक कारणले मर्नेको सङ्ख्या भने उकालो लागिरहेको छ ।


#गैंडा

प्रतिकृया दिनुहोस