- रासस शनिबार ०४, असोज २०८२ ०९:०६
काठमाडौं । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ ।
समितिको शनिबार बसेको बैठकबाट विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिए । विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूबाट दसैं टीकाको साइतबारे जिज्ञासा राखिएकाले तिथ्यादिको स्थानीयमानअनुसार सम्बन्धित देशको स्थानीय समयअनुसार शुभ साइत सार्वजनिक गरिएको उनले बताए ।
समितिले नेपालका लागि असोज १६ गते बिहान ११:५३ बजे, दिल्ली, भारतका लागि सोही दिन अर्थात् २ अक्टोबरका दिन ११:४९, न्युयोर्क अमेरिकाका लागि अक्टोबर १ का दिन बिहान ११:२५, फ्र्याङ्कर्फट केन्टुकी अमेरिकाका लागि बिहान ११:५७, वोवेन्स्वोरो केण्टुकी अमेरिकाका लागि अक्टोबर ११:०५, टेक्सासका लागि अक्टोबार ११:३३, वासिङ्गटन डिसीका लागि ११:३५, क्यालिफोर्नियाका लागि बिहान ११:११, कोलोराडोका लागि ११:२९ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले जानकारी दिए ।
यसैगरी, टोरेण्टो क्यानडाका लागि १ अक्टोबरका दिन बिहान ११:५५, भ्यानकुभरका लागि ११:३३, टोकियो जापानका लागि २ अक्टोबरका दिन बिहान ११:३१, सिड्नी अष्ट्रेलियाका लागि २ अक्टोबरका दिन बिहान ११:४३, मेलबर्न अष्ट्रेलियाका लागि सोही दिन बिहान ११:१९, व्रीसवेन अष्ट्रेलियाका लागि बिहान ११:५३, एडिलेटका लागि ११:३५, क्यानबेराका लागि ११:५१, तास्मानियाका लागि ११:४५, पर्थका लागि ११:२५ र डार्बिन अष्ट्रेलियाका लागि बिहान ११:४७ बजेको साइत शुभ रहेको छ ।
यस्तै, बेलिङ्गटन न्यूजिल्यान्डका लागि २ अक्टोबरका दिन बिहान ११:२३, लिस्बन पोर्चुगलका लागि सोही दिन बिहान ०९:२३, लण्डन बेलायतका लागि बिहान ०९:१७, पेरिस, फ्रान्सका लागि बिहान ०९:५७, नर्वेको ओस्लोका लागि बिहान १०:०३, क्वालालम्पुर मलेसियाका लागि बिहान ११:११, अवुधावी युएइका लागि बिहान १०:५५, दोहा कतारका लागि बिहान १०:१३, बैंकक थाइल्याण्डका लागि बिहान १०:४५, सियोल दक्षिण कोरियाका लागि बिहान १०:५७, तेल अभिभ इजरायलका लागि बिहान ११:३५, सिङ्गापुरका लागि बिहान ११:०९, हङकङका लागि बिहान ११:४५, साउदी अरेबियाका लागि बिहान १०:५५, याङ्गून म्यानमारका लागि बिहान १०:२७, जेनेभा स्विट्जरल्याण्डका लागि बिहान १०:२५ र माल्टाका लागि बिहान १०:५५ बजेको साइत स्थानीय समय अनुसार शुभ रहेकाले प्रकाशन गरिएको समितिका उपसभापति प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।
प्रतिकृया दिनुहोस