२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

‘आइएमई पे’काे “पैसा हातैमा पायो, साथै रु. ५० को बोनस खायो” याेजना

बुधबार २१, फागुन २०७६ ०५:५९

‘आइएमई पे’काे  “पैसा हातैमा पायो, साथै रु. ५० को बोनस खायो” याेजना

काठमाडाैं ।  आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले “नेपालमा पैसा हातैमा पायो, साथै रु. ५० को बोनस खायो” योजना ल्याएको छ ।

योजना अनुसार अब सजिलै जापानको क्योदाईबाट नेपालको ‘आइएमई पे’मोबाइल वालेटमा पैसा पठाउन सकिने छ ।यो योजना फ्रेबुअरी २२ देखि अगस्ट २२, २०२०(छ महिना) सम्म लागु गरिएको छ ।

यो योजना अवधिभर क्योदाईबाट नेपालमा‘आइएमई पे’गर्नुहुने सेवाग्राहीहरुले ३ पटक सम्म निशूल्क पैसा पठाउन सक्नेछन्।

 

 

चाहिएको बेलामा एजेन्टबाट पैसा निकाल्न सकिने र मोबाइल खाताबाट ब्याज पनि पाइने यस योजनाका फाइदाहरु रहेका छन् ।

यसका लागि प्राप्तकर्ताले आफ्नो मोबाइलमा ‘ आइएमई पे ’डाउनलोड गरेको हुनुपर्दछ ।

जापान स्थित जुनसुकै क्योदाई काउन्टरमा नेपालमा पठाउनुपर्ने रकम सहित ‘आइएमई पे’मोबाइल वालेट खाता भएको वालेट नम्बर (फोन नम्बर) प्रदान गरि नेपालको ‘आइएमई पे’मोबाइल वालेट नम्बरमा नि:शुल्क पैसा पठाउनसकिने व्यवस्था कम्पनी व्यवस्थापनले मिलाएको छ ।

झन्डै २५हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमईपे’आईएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायकउत्पादनहो ।

नेपाल राष्ट्र बैंक बाटआइएमई डिजिटलल मोबाइलवालेट सेवाप्रदान गर्न अनुमतिपाउने देशकै पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी हाे ।

आईएमई डिजिटलले ‘आईएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवाउपलब्ध गराएकाे  छ । 


#आइएमई पे

प्रतिकृया दिनुहोस