२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

नेविसंघ नेता मडैको पहलमा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग

- विशेष खबर बिहिबार ११, भदौ २०७७ ०६:४२

नेविसंघ नेता मडैको पहलमा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग
पहिरो पीडित तिनै परिवारलाई राहत स्वरूप नगद रकम हस्तान्तर गर्दै ।

बैतडी । नेविसंघ नेता रिजन मडैको पहलमा बैतडीको सूर्नया गाउँपालिका-५ का पहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

गत भदौ ३ गते अविरल बर्षासँगै पहिरो जाँदा सूर्नया ५ का तीन परिवार बिस्थापित भएका थिए । पहिरोबाट वीरबहादुर मडैको घर पुरिएको थियाे । त्यस्तै दिनेश मडै र केशव मडैको घर जोखिम रहेकाे छ ।  

नेता मडैले काठमाडौंमा आर्थिक सहयोग संकलन गरि नगद ३३ हजार पाँच सय स्थानीय नरबहादुर मडै र निराजन मडैमार्फत बिहीबार वितरण गरिएको नेता मडैले बताए ।

पहिरो पीडित तीनै परिवारलाई राहत स्वरूप काठमाडौंमा संकलन भएकाे रकम हस्तान्तरण गरिएको स्थानीय युवा निराजन मडैले बताए ।

नेता मडैसँगै अशोक बिष्टकाे पहलमा उक्त रकम संकलन भएकाे थियाे । 

सामान्य चोटपटक लागेर घाइते भएका ४ जना डडेलधुरामा उपचार पश्चात घर फिर्ता भएका छन् । 


#पहिरो

प्रतिकृया दिनुहोस