२०८१ कार्तिक ०२ गते शुक्रबार | 18 October, 2024

इन्डोनेसियाको ७५औँ स्वतन्त्रता दिवस काठमाडौंमा मनाइयो

- विशेष खबर मङ्गलबार ०२, भदौ २०७७ ११:०९

इन्डोनेसियाको ७५औँ स्वतन्त्रता दिवस काठमाडौंमा मनाइयो
इण्डोनेसियाका वाणिज्यदुत चन्द्रप्रसाद ढकालले वाणिज्यदुतको कार्यालय, आइएमई कम्प्लेक्स परिसरमा इण्डोनेसियाको झण्डोत्तलन गर्दै ।

काठमाडौं ।  गणतन्त्र इण्डोनेसियाको ७५औँ स्वतन्त्रता दिवस नेपालमा पनि मनाइएको छ । 

नेपालका लागि इण्डोनेसियाका अवैतनिक वाणिज्यदुत एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले वाणिज्यदुतको कार्यालय, आइएमई कम्प्लेक्स परिसरमा इण्डोनेसियाको झण्डोत्तलन गरेका छन् । झण्डोत्तलनमा वाणिज्यदुत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरुको सिमित संख्यामा उपस्थिति रहेको  थियो । 

नेपाल र गणतन्त्र इण्डोनेसियावीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । गणतन्त्र इण्डोनेसियाले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई नेपालका लागि इण्डोनेसियाको अवैतनिक वाणिज्यदुतमा नियुक्त गरे यता यी दुई देशबीचको सम्बन्ध थप मजबुत बन्दै आएको छ । नेपालका लागि इण्डोनेसियाको गैह्र आवासीय राजदुतको कार्यालय बंगलादेशको ढाकामा अवस्थित छ ।

इण्डोनेसिया आसियान राष्ट्रहरू मध्येको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हो । साथै नेपाल र इण्डोनेसियाबीचको व्यापारको परिमाण पनि निकै ठूलो छ । दुई देशबीच पर्यटन लगायत विभिन्न व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेका छन् ।


#इण्डोनेसिया

प्रतिकृया दिनुहोस