- विशेष खबर शुक्रबार १०, माघ २०८२ ०८:०७
भक्तपुर । भक्तपुरको सानो थिमीस्थित बालसुधार गृहमा बालविज्याइकर्ताबीच झडप भएको छ ।
गए राति देखि भएको झडपमा ८ जना बालविज्याइकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक सुर्यबहादुर खड्काले जानकारी दिए । गएराति करिब १० बजेदेखि बालसुधार गृहभित्र भएको झडपमा केही प्रहरी समेत घाइते भएको प्रहरी उपरीक्षक खड्काले बताए ।
१ सय ६९ जना बालविज्याइकर्ता रहेको सुधार गृृहमा १८ बर्ष भन्दा माथिका करिब ७५ जना बालविज्याइकर्ता रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु बीच नै झडप सुरु भएको थियो । केही बालविज्याइकर्ताले कुटपिट पछि घाइते बनाएर सुधारगृह तोडफोड गरी आगजनी गरेका थिए । गएराति नै दमकल प्रयोग गरी आगजनी नियन्त्रण गरिसकेको छ । प्रहरीले झडप नियन्त्रण गर्न खोज्दा सुधार गृहभित्रवाट ढुंगामुदा गरेको प्रहरीले जनाएको छ । बालविज्याइकर्ता सुधार गृहवाट भाग्न सक्ने भन्दै अहिले २ सय भन्दा बढी प्रहरीले सुधारगृहलाई बाहिरवाट घेरा हालेर बसेको प्रहरी प्रमुख खड्काले बताए ।
प्रतिकृया दिनुहोस