२०८२ माघ ०९ गते बिहिबार | 22 January, 2026

एसईई चैत १९ गतेदेखि २९ सम्म

बुधबार ०८, माघ २०८२ ०६:४९

एसईई चैत १९ गतेदेखि २९ सम्म

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

जस अनुसार चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । त्यस्तै चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितिय खण्डका सबै विषयको परीक्षा सञ्चालन हुने छ । 

बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीका अनुसार चैत २७, २८ र २९ गते भने प्राविधिक धारका बाँकी विषयका परीक्षा सञ्चालन हुने छ ।

यसपटक फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएका कारण एसईई गत वर्षको भन्दा १२ दिन ढिलो हुन लागेको हो । गत वर्षको एसईई चैत ७ गतेदेखि सञ्चालन भएको थियो । 


प्रतिकृया दिनुहोस