२०८२ माघ ०८ गते बुधबार | 21 January, 2026

बैतडीमा कांग्रेसबाट चतुरबहादुर चन्दको उम्मेदवारी दर्ता

- विशेष खबर मङ्गलबार ०७, माघ २०८२ ०४:३०

बैतडीमा कांग्रेसबाट चतुरबहादुर चन्दको उम्मेदवारी दर्ता

बैतडी- कांग्रेसबाट बैतडीमा चतुर बहादुर चन्दले उम्मेदवारी दर्ता गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष रहेका चन्द पहिलो पटक संसदीय निर्वाचन लड्न लागेका हुन् । 

कांग्रेस जिल्ला सभापति समेत रहेका उनी पूर्वशिक्षक हुन् । 

शिक्षण पेशासँगै क्रिकेटको विकासमा सक्रिय रहेका चन्द २०७४ मा शिक्षकबाट अवकाश लिएर सक्रिय राजनीतिमा आएका थिए।


प्रतिकृया दिनुहोस