- विशेष खबर शुक्रबार १०, माघ २०८२ ०३:२०
बैतडी । प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका तेजबहादुर चन्दले उम्मदवारी फिर्ता लिएका छन् ।
कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दलाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताए ।
चतुरबहादुर चन्दको पक्षमा मत माग्न पार्टीको निर्देशन अनुसार चुनावी अभियानमा सक्रिय बनेको तेजबहादुर चन्दले बताए ।
बैतडीमा कांग्रेसबाट चतुरबहादुर चन्द, एमालेबाट दामोदर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट परमानन्द भट्ट, रास्वपाबाट हरिमोहन भण्डारी , राप्रपाबाट भूपेन्द्रबहादुर चन्दलगायत ११ जना उम्मदेवार छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष रहेका चतुरबहादुर चन्द पहिलो पटक संसदीय निर्वाचन लड्न लागेका हुन् । कांग्रेस जिल्ला सभापति समेत रहेका उनी पूर्वशिक्षक हुन् । शिक्षण पेशासँगै क्रिकेटको विकासमा सक्रिय रहेका चन्द २०७४ मा शिक्षकबाट अवकाश लिएर सक्रिय राजनीतिमा आएका थिए।
प्रतिकृया दिनुहोस