२०८२ माघ ०९ गते बिहिबार | 22 January, 2026

बैतडी कांग्रेसले माघ १० मा बोलायो चुनाव केन्द्रीत बृहत भेला

- विशेष खबर बुधबार ०८, माघ २०८२ ०९:१८

बैतडी कांग्रेसले माघ १० मा बोलायो चुनाव केन्द्रीत बृहत भेला

बैतडी । नेपाली कांग्रेस बैतडीले आसन्न निर्वाचन केन्द्रीत छलफलका लागि बृहत भेला बोलाएको छ ।

माघ १० गते विहान १० बजेदेखि पाटन नगरपालिकाको एकीकृत सभाहलमा बृहत भेला आयोजना गरेको हो । 

भेलामा पार्टी र भातृ संस्थाका वडादेखि केन्द्रसम्मका पदाधिकारीलाई बोलाइएको हो । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिसहित पार्टीका पूर्व पदाधिकारीहरुलाई उपस्थितिका लागि आव्हान गरेको छ। 

बैतडीमा कांग्रेस जिल्ला सभापति चतुरबहादुर चन्द प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष समेत रहेका चन्द पहिलो पटक संसदीय निर्वाचन लड्न लागेका हुन् । शिक्षण पेशासँगै क्रिकेटको विकासमा सक्रिय रहेका चन्द २०७४ मा शिक्षकबाट अवकाश लिएर सक्रिय राजनीतिमा आएका थिए।

त्यसअघि नेपाल शिक्षक संघको जिल्ला अध्यक्ष हुँदादेखि उनी जिल्लाको राजनीतिमा प्रभाव राख्दै आएका छन् । शिक्षक संघको नेतृत्वमा रहँदा गाउँगाउँसम्म प्रभाव बढाएका चन्द पछिल्लो समय नेपाली क्रिकेटको सफलताको कारण झन् बढी लोकप्रिय भएका छन् । 

चन्द उम्मेदवारीले कांग्रेस नेता कार्यकर्ता उत्साहित भएका छन् । गत निर्वाचन माओवादीसितको गठबन्धनको कारण हसिँया हथौडमा भोट हालेका कांग्रेस कार्यकर्ता यसपाली प्रभावशाली नेता उम्मेदवार बन्दा उत्साहित देखिएका छन् । 

माघ १० को भेलामा पार्टी र भातृ संस्थाका ८४ वटै वडादेखि प्रदेश र केन्द्रीय तहका सबै नेता-कार्यकर्ताहरुलाई अनिवार्य उपस्थितिको आग्रह गरिएको कांग्रेस बैतडीका जिल्ला सचिव प्रेमबहादुर चन्दले बताए ।


प्रतिकृया दिनुहोस