२०८२ भदौ ३० गते सोमबार | 15 September, 2025

नयाँ सरकारका तीन मन्त्रीको टुंगो लाग्यो : कसलाई कुन मन्त्रालय ?

- विशेष खबर आइतबार २९, भदौ २०८२ ०९:५९

नयाँ सरकारका तीन मन्त्रीको टुंगो लाग्यो : कसलाई कुन मन्त्रालय ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ ।

स्राेतका अनुसार पूर्व अर्थ सचिवसमेत रहेका रामेश्वर खनालले अर्थमन्त्री र नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जासहित तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् । गृह मन्त्रालयमा ओमप्रकाश अर्यालकाे जिम्मा दिने गरी टुंगाे लागेकाे हाे ।

घिसिङले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन्  । गृहमन्त्री अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् । उनीहरूको शपथ ग्रहण भने भोलिमात्रै हुने बताइएको छ ।


प्रतिकृया दिनुहोस