२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

चन्द्रागिरिमा हिउँ खेल्नेकाे भीड

- रासस शुक्रबार २१, माघ २०७८ ०३:१९

चन्द्रागिरिमा हिउँ खेल्नेकाे भीड
काठमाडौँमा वर्षासँगै चन्द्रागिरि डाँडामा शुक्रबार परेकाे हिउँमा रमाउन पुगेका सर्वसाधारण । चिसोका कारण मुलुकभरकाे जनजीवन प्रभावित बनेकाे छ । पहाडी जिल्लामा हिमपातका कारण यातायात, विद्युत, टेलिफाेन लगायतका सेवा प्रभावित बनेका छन् ।तस्बिरहरू : प्रदीपराज वन्त/रासस

काठमाडाैं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडाैंकाे चन्द्रागिरि डाँडामा हिमपात भएको छ । राजधानीको  पर्यटकीय क्षेत्रको रुपमा रेहेको  उक्त स्थानमा शुक्रबार बिहानैदेखि हिमपात भएको हो ।

चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए । गत पुसको दोस्रो साता उक्त स्थानमा हिउँ परेकामा आज दोस्रोपटक बाक्लो हिमपात भएको हो । चन्द्रागिरिमा हिउँ खेल्न युवायुवतीकाे भीड लागेकाे छ ।

पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनाका साथै अन्य धेरै स्थानमा वर्षा भइरहेको छ ।

 

 

 

 

 


प्रतिकृया दिनुहोस