२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

तस्बिरमा हेर्नुहाेस् बिभिन्न जिल्लामा परेकाे हिउँ

- विशेष खबर बुधबार १४, पुष २०७८ १०:३१

तस्बिरमा हेर्नुहाेस् बिभिन्न जिल्लामा परेकाे हिउँ
हुम्लामा भारी हिमपात हुँदा पनि साढे एक घण्टाको बाटो डाँडाफाया गाउँबाट हिँडेर सदरमुकाम सिमकोटमा दाउरा बिक्री गर्न पुगेका बालक । तस्बिर ः दाने बोहरा/रासस

मनाङ जिल्लाको सबै गाउँपालिकामा ७२ घन्टेदेखि भारी हिमपात भइरहेकाे छ । हिमपात कारण सवारी आवगमन ठप्प भएको छ भने तापक्रम माईनस बीस पुगेपछि जनजीवनमा झनझन कष्टकर हुँदै गएको छ । तस्बिर : नवीन लामिछाने/रासस

मनाङमा हिमपात कारण तापक्रम माईनस बीस पुगेपछि जनजीवनमा झनझन कष्टकर हुँदै गएको छ ।

रातभर परेको अविरल वर्षासँगै राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा हिमपात । चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिमपात भएको हो । तस्बिर ः अच्युत रेग्मी/रासस

 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल तल्लो घोडेपानीमा बुधबार बिहान भएको हिमपात । हिमपात र चिसोले म्याग्दीको लेकाली बस्तीको जनजीवन कष्टकर बनेको छ । तस्बिर ः सन्तोष गौतम/रासस

हिमाली जिल्ला हुम्लामा बुधबार भारी हिमपात । हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ । तस्बिर ः दाने बोहरा/रासस

बैतडीकाे खाेड्पेमा बुधबार बिहान परेकाे हिउँ । तस्बिर : माेहन बिष्ट 

 

 


प्रतिकृया दिनुहोस