२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

वायु प्रदुषण बढेपछिकाे भक्तपुर (फाेटाेफिचर)

- विशेष खबर मङ्गलबार २१, पुष २०७७ ०६:१७

वायु प्रदुषण बढेपछिकाे भक्तपुर (फाेटाेफिचर)
तस्बिरहरूः विशेष खबर

काठमाडाैं । मौसम धुम्मिएसँगै काठमाडौंमा उपत्यकामा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ ।

लकडाउनको बेला हामीले कन्चन देखेको काठमाडौं उपत्यकाको आकाश अहिले धमिलो छ । किनभने केन्द्रीय राजधानी काठमाडौंमा प्रदूषण ह्वात्तै बढेको छ । काठमाडौंमा प्रदूषणको मात्रा यति धेरै बढेको छ कि यसले हामीमा क्यान्सरजस्तो घातक रोग गराउन सक्ने जानकारहरु बताउँछन् ।

सोमबार काठमाडौंको वायु प्रदूषण विश्वमै नम्बर एकमा पुग्यो । स्वीटजरल्याण्ड मुख्यालय रहेको एक्युएअरले सोमबार ७ः४५ बजे काठमाडौंको एक्युआई ४८७ पुगेको देखाएको छ । त्यसैले केही दिनयता काठमाडौंमा यात्रा गर्नेहरु आँखा पोल्नेलगायतका समस्या झेलेका थिए ।

वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार यो प्रदूषण भन्दा पनि मौसमको कारणले भएको हो । उनले भने,'प्रदूषण त छ । अस्तिसम्म प्रदूषणका कणहरु डिस्पर्सल भइरहेको थियो । अहिले जान नसकेर थुप्रिएको जस्तो लागेर धुम्म देखिएको होला । यो सिजन यस्तै हुने हो तर यसपालि अलि बढी देखियो । यदि अलि अलि पानी पर्ने हो भने घट्छ । किनकी अरुबेला भन्दा गाडी कम चलेको नै छ । इँट्टाभट्टा कम नै चलेका छन् । त्यसबाहेक हामीले प्रचारप्रसार गर्ने काम पनि गरिरहेका छौँ ।'

काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले नेपाल सरकारले निर्धारण गरेको एक्युआई को मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने बताएको छ ।

हेर्नुहाेस् तस्बिरहरू


प्रतिकृया दिनुहोस