२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

चार्टर बिमानबाट क्यारेबियन जादै सन्दिप लामिछाने

बुधबार १४, साउन २०७७ ०५:१६

चार्टर बिमानबाट क्यारेबियन जादै सन्दिप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर  सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न बिहीवार वेष्ट इन्डिज प्रस्थान गर्ने भएका छन् ।

सन्दीपको नेपाल स्थिति व्यवस्थापक रमन सिवाकोटीले ट्विटबाट त्यसको पुष्टि गरेका छन् । उनले सन्दीप जुलाई ३० अर्थात बिहिबार त्यसतर्फ जाने बताएका छन् र यसका लागि चार्टर गरिएको कोरियाली विमान प्रयोग गर्नेछन् । शिवाकोटीका अनुसार अगस्ट १ सम्ममा उनी क्यारेबियन पुगिसक्ने छन् ।

कोरोना महामारीका कारण अहिले नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान बन्द रहेका कारण सन्दीप कसरी सीपीएल खेल्न जाने भन्ने अन्यौल थियो । तर लामिछाने चार्टर्ड फ्लाइटबाट अमेरिका हुँदै क्यारेबियन प्रस्थान गर्ने पक्का भएकाे छ ।

सन्दीपले जमैका तलाबाजबाट खेल्न ९० हजार डलरका अनुबन्ध गरेका थिए । क्यारेबियन जानका लागि सन्दीपले लामो समयदेखि त्यसको व्यवस्था गर्न प्रयास गरिरहेका थिए । शिवाकोटीले यो काम सम्भव पार्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।

 


#सन्दिप लामिछाने

प्रतिकृया दिनुहोस