२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

क्यानले मुख्य प्रशिक्षकसहितका पदकाे दरखास्त खोल्ने

मङ्गलबार ०६, साउन २०७७ ०९:१६

क्यानले मुख्य प्रशिक्षकसहितका पदकाे  दरखास्त खोल्ने

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि मुख्य प्रशिक्षक पदको दरखास्त खोल्ने भएको छ । 

क्यानको सोमबार बसेको बैठकले एक साताभित्रै यसको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। अहिले नेपाली टिमको मुख्य प्रशिक्षक पद खाली छ ।

क्यानले जारी गरेको विज्ञप्तिअनुसार कार्यसम्पादन कमिटीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सँगको छलफलपछि मुख्य प्रशिक्षकसँगै महाप्रबन्धक, वित्तीय प्रबन्धक र व्यवस्थापकका लागि पनि दरखास्त खोल्ने निर्णय गरेको छ ।

यस्तै सात प्रदेशका लागि सात प्रशिक्षक पनि मागिने भएको छ । बैठकले मूलपानीस्थित क्रिकेट मैदानका लागि ६ जना कर्मचारी र पाेखरा, भैरहवा र वीरगन्जमा एक-एक जना क्रिकेट पिच क्युरेटर नियुक्त गर्ने निर्णय पनि गरेकाे छ । क्यानले भदौ १५ भित्र साधारणसभा गर्ने निर्णय पनि गरेको छ ।

 

 

 


#क्रिकेट

प्रतिकृया दिनुहोस