- विशेष खबर बुधबार १५, माघ २०८२ १२:१७
बैतडी । फागुन २१ को निर्वाचनका लागि नेपाली कांग्रेस बैतडीले मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएको छ।
कांग्रेसले बुधबारदेखि पुर्चौडी नगरपालिकाबाट मतदाता भेटघाट सुरु गरेको हो । माघ १८ गतेसम्म पुर्चौडीका सबै वडामा मतदाता भेटघाट कार्यक्रम गरिने प्रचार प्रसार समितिले जनाएको छ।
बैतडीमा प्रतिनिधिसभा उम्मेदवार कांग्रेस जिल्ला सभापति चतुर बहादुर चन्द छन् । कांग्रेसले समानुपातिकतर्फ पुर्चौडीकै दीपेन्द्र बहादुर बमलाई उम्मेदवार बनाएको छ।
गाँउ केन्द्रीत अभियानमा उम्मेदवारसँगै जिल्लाका नेताकार्यकर्ताहरु सहभागी छन् ।
शिक्षा, सामाजिक सेवा, खेलकुदसँगै राजनीतिमा सक्रिय रहेका चन्द पहिलो पटक उम्मेदवार बनेका हुन् ।
यस्तो छ भेटघाटको तालिका :
२०८२ माघ १४ देखि १८ गते : पुर्चौडी नगरपालिका
१४ गते बुधबार
बिहान ११ बजे : वडा १० विजयपुर
दिउँसो ३ बजे : वडा ९ तल्लादेही
१५ गते बिहीबार
बिहान १० बजे : वडा ८ मल्लादेही
दिउँसो : वडा ७ कोटिला
१६ गते शुक्रबार
बिहान ९ बजे : वडा १ हाट
दिउँसो २ बजे : वडा ६ भूमिराज
१७ गते शनिबार
दिउँसो १२ बजे : वडा ५ कुवाकोट
दिउँसो १ बजे : वडा ४ मालिका मन्दिर भटना
१८ गते आइतबार
दिउँसो १२ बजे : वडा २ र ३ साँफेबजार
प्रतिकृया दिनुहोस