२०८१ बैशाख ३१ गते सोमबार | 13 May, 2024

पालालिसको ह्याट्रिक सगैं एटलान्टा दोस्रो स्थानमा उक्लियो

बुधबार ३१, असार २०७७ ०२:००

पालालिसको ह्याट्रिक सगैं एटलान्टा दोस्रो स्थानमा उक्लियो

काठमाडौं । मारियो पासालिसले ह्याट्रिक गरेपछि एटलान्टाले इटालियन सिरी एमा ब्रेस्किअविरुद्ध शानदार जित हात पारेको छ । घरेलु मैदानमा एटलान्टाले ब्रेस्किअलाई ६-२ ले पराजित गरेको हो ।

पासालिसले खेलको दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । उनले ५५औ र ५८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । एटलान्टाका लागि बाँकी गोल मार्टेन डे रुम डुभा जापाट्टा र रुस्लान मालिनोभ्सक्ले गरे । ब्रेस्किअको लागि एर्नर्स्टो टेरेग्रेसो र निकोलास स्पालेकले एक-एक गोल गरे ।

जितपछि एटलान्टा ३३ खेलबाट ७० अंक जोड्दै दोस्रो स्थानमा उक्लेको हो । एक खेल कम खेलेको इन्टर र लाजियोको समान ६८ अंक छ ।


#इटालियन सिरी ए

प्रतिकृया दिनुहोस