- विशेष खबर मङ्गलबार २६, भदौ २०८० ११:३२
काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरिरहेको बिपी साहित्य महोत्सव अन्तर्गत आजको कार्यक्रम स्थगित गरेको छ ।
नेकप एमालेका नेता सुवासचन्द्र नेम्वाङको निधनका कारण कार्यक्रम स्थगित गरिएको कार्यक्रम संयोजक तथा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।
आज रोकिएको कार्यक्रम कहिले गर्ने भनेर पछि मिति तोकिने उनले बताए । तीन दिने साहित्य महोत्सव सांगीतिक साँझसहित आज समापन गर्ने कार्यतालिका थियो ।
याे पनि पढ्नुहाेस्
बिपी साहित्य महोत्सव : साहित्य र राजनीतिमा विचार विमर्शको संगम
बिपी साहित्य महोत्सवमा यस्ताे छ तीनदिने तालिका
जहाँ बिपीका नाममा चार दशकदेखि कोठा खाली छ
प्रतिकृया दिनुहोस