२०८० चैत १५ गते बिहिबार | 28 March, 2024

गैंडाकोटमा ट्रक र बस ठोक्किँदा ३ जनाको मृत्यु, २४ घाइते

मङ्गलबार २९, भदौ २०७८ ०८:१९

गैंडाकोटमा ट्रक र बस ठोक्किँदा ३ जनाको मृत्यु, २४ घाइते

नवलपरासी । महेन्द्र राजमार्गअन्तर्गत गैंडाकोटको थुम्सीमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते छन् ।

मंगलबार बिहान काँकडभिट्टादेखि महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक ठोक्किएका हुन् ।

मृतकहरूको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रक चालक र बस चालकसहित २४ जना घाइते भएका छन् ।

घाइते भएका तीन जनाको चितवनमा उपचारका क्रममा मृत्यु भएको हाे । बिहान ४ बजे भएको दुर्घटनामा २ जना महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी दिलिपकुमार गिरीले जानकारी दिए।

थुम्सीको २३ स्मृति पुलनजिक निमार्ण हुँदै गरेको डाइभर्सनमा गाडी ठोक्किएर तल खसेको थियो ।


प्रतिकृया दिनुहोस