२०८१ बैशाख ३१ गते सोमबार | 13 May, 2024

टोकियो ओलम्पिक अर्को वर्ष पनि अनिश्चित

शुक्रबार २८, चैत २०७६ ०८:१८

टोकियो ओलम्पिक अर्को वर्ष पनि अनिश्चित

एजेन्सी ।  जापानमा हुने तय भएको टोकियो ओलम्पिक प्रतियोगिता निर्धारित समयभन्दा एक बर्ष पछाडि हुनेमा आशंका व्यक्त गरिएको छ । 

टोकियो ओलम्पिकका प्रमुख कार्यकारी अधिकृत तोशिरो मुटोले अर्को बर्षपनि ओलम्पिक हुन्छ भन्ने सुनिश्चित गर्न नसकिने बताएका छन् । 

विश्वभरी महामारीको रुपमा फैलिएको कोबिड १९ को सङ्क्रमणका कारण प्रतियोगिता अनिश्चित नै रहेको उनको भनाई छ । 

यसै बर्ष सन् २०२० मा हुने तय भएको प्रतियोगिता कोरोना भाइरसको सङ्क्रमणकै कारण ठिक एक बर्ष पछाडी सारेर अर्को बर्ष सन् २०२१ को जुलाई २३ देखि गर्ने निर्णय भइसकेको छ । 

प्रमुख कार्यकारी अधिकृत मुटोले प्रतियाेिगता अझ धेरै दिन पछाडि सर्नसक्ने सम्भावना उत्तिकै रहेको शुक्रबार बताए। 

जापानमा प्रधानमन्त्री सिन्जे आवेले यसै हप्तादेखि लागु हुनेगरी केही ठाउँका लागि सङ्कटकालको समेत घोषणा गरेका छन् । 

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत महिना सम्बन्धित निकायहरुले यसै बर्ष सन् २०२० मा हुने तय भएको टोकियो ओलम्पिक सारेर अर्को बर्ष सन् २०२१ को जुलाई २३ देखि र पारालोम्पिक अगस्ट २४ देखि गर्ने निर्णय गरेका थिए ।  

प्रधानमन्त्री आवेले कोरोना भाइरस विरुद्धको लडाईलाई छिटो छरितो, प्रभावकारी र शसक्त नबनाएकाले ओलम्पिक प्रतियोगिता सार्नु परेको भन्दै उनको आलोचना समेत भएको छ ।  

प्रमुख कार्यकारी अधिकृत मुटोले प्रतियोगिता एक बर्ष पछाडि हुने मानेर नै तयारीको कामहरु तिब्र गतिमा अगाडी बढाइने बताए। उनले त्यतिबेलासम्म कोरोना भाइरसको सङ्क्रमण अन्त्य हुने आशा व्यक्त  गरेका छन् ।

जापानमा कोरोना भाइरसका कारण शुक्रबारसम्ममा झण्डै पाँच हजार जना सङ्क्रमित भएका छन् भने झण्डै एक सय जनाको मृत्यु भएको छ । 


प्रतिकृया दिनुहोस