२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

वर्ल्ड ११ र एसिया ११ को खेल स्थगित

बुधबार २८, फागुन २०७६ ०८:२७

वर्ल्ड ११ र एसिया ११ को खेल स्थगित

काठमाडौं । वर्ल्ड ११ र एसिया ११ बीच हुने खेल कोरोना भाइरसका कारण प्रभावित भएको छ ।

बंगलादेश क्रिकेट बोर्डले बंगलादेशका संस्थापक नेता शेख मुजीबुर रहमानको जन्मोत्सवको अवसरमा मार्च २१ र २२ मा वर्ल्ड ११ र एसिया ११ बीच खेल गराउने घोषणा गरेको थियो । एसिया ११ मा नेपालका बलर सन्दीप लामिछाने पनि छन।

तर कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि यो खेल स्थगित भएको छ । बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसनले अर्को सूचना नभएसम्मका लागि खेल स्थगित गरिएको बताएका छन् ।

यद्यपि ढाका प्रिमियर लिग र ५० ओभरको प्रतियोगिता भने हुने बंगलादेश क्रिकेट बोर्डले जनाएको छ ।


#क्रिकेट

प्रतिकृया दिनुहोस