२०८१ मङि्सर ०६ गते बिहिबार | 21 November, 2024

एभरेष्ट प्रिमियर लिग (इपिएल) स्थगित

बिहिबार २२, फागुन २०७६ ०४:०८

एभरेष्ट प्रिमियर लिग (इपिएल) स्थगित

काठमाडाैं ।  कोरोना भाइरसका कारण चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन गरिएको छ ।

चीनबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापीरूपमा फैलँदै गएपछि इपिएल स्थगन गरिएको आयोजक इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए ।

उनका अनुसार नेपाल क्रिकेट सङ्घ, सहभागी टोली तथा प्रायोजकसँगको छलफलपछि प्रतियोगिता स्थगन गरिएको हो । “कोरोनाको त्रासले अहिले इपिएल स्थगित गरेका छौँ ।

स्थिति नियन्त्रण भएपछि नयाँ मिति तय गर्नेछौँ”,निर्देशक अख्तरले भने  । यसअघि इपिएल आगामी चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने तय भएको थियो ।

प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता हुनेछ । ललितपुर, काठमाडौँ किङ्स इलेभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स रहेका छन् ।


#क्रिकेट

प्रतिकृया दिनुहोस