२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

न्युजिल्याण्डका एण्डरसन काठमाडौं किङ्ग्स बाट ईपीएल खेल्ने

सोमबार १९, फागुन २०७६ ११:५९

न्युजिल्याण्डका एण्डरसन काठमाडौं किङ्ग्स बाट ईपीएल खेल्ने

काठमाडौं - काठमाडौं किङ्ग्सले  एभरेष्ट प्रिमियर लिग (ईपीएल)का लागि कोरी एण्डरसनलाई अनुबन्धन गरेकाे छ ।

काठमाडौंले सोमबार विज्ञप्ति जारी गर्दै न्युजिल्याण्डका २९ वर्षीय अलराउण्डरलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।

उनले आईपीएलका साथै विभिन्न फ्रेन्चाइज लिग खेलिसकेका छन् । २०१४ मा उनले ३६ बलमा शतक बनाएर शाहीद अफ्रिदीको १७ वर्ष पुरानो रेकर्ड तोडेका थिए ।

२०१५ मा एबी डिभिलियर्सले ३१ बलमा शतक बनाएर उनको कीर्तिमान तोडेका थिए ।


#क्रिकेट

प्रतिकृया दिनुहोस