२०८१ बैशाख ३१ गते सोमबार | 13 May, 2024

एसिसि टी २० सिरीज: सन्दिप लामिछाने एशिया ११ मा

मङ्गलबार १३, फागुन २०७६ ०५:१०

एसिसि टी २० सिरीज: सन्दिप लामिछाने एशिया ११ मा

काठमाडौं, नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछाने एशिया ११ को टिममा परेका छन । विश्व ११ विरुद्धको टी २० सिरीजका लागि बनाइएको एशिया ११ को टिममा नेपाली खेलाडी सन्दिप परेका हुन ।

एशियाली देशका खेलाडी समावेश गरिएको एशिया ११ टिममा भारतबाट केएल राहुल, शिखर धवन, रिशभ पन्त, मोहम्मद सामी, कुलदिप यादव र विराट कोहली रहेका छन ।

बीसीबीले बंगलादेशका संस्थापक शेख मुजीवको १०० औं जन्मजयन्तीको अवसरमा मार्च १८ र २१ तारिखमा यो म्याच खेलाउँदै छ।  यो खेलमा विराटले खेल्ने निश्चित भएको छैन भने केएलले खेल्ने निश्चित भइसकेको छ। 


#सन्दिप लामिछाने

प्रतिकृया दिनुहोस