२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

त्रिविमा नेविसंघकाे तोडफोड

मङ्गलबार २७, साउन २०७७ ०१:३२

त्रिविमा नेविसंघकाे तोडफोड

काठमाडौं । नेपाल विद्यार्थी संघका कार्यकर्ताले मंगलबार त्रिविको उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड गरेका छन् ।

नेविसंघ त्रिवि समितिका सभापति हरि आचार्यले नेविसंघले आफूहरूका मागमा त्रिवि पदाधिकारीले वार्ता नगरेको र उच्च अदालत पाटनमा नेविसंघ नेताविरूद्ध मुद्दा दर्ता गरेको विरोधमा मंगलबार त्रिविका तीन कार्यालय र उपकुलपतिको कार्यालयको गाडीमा ढुंगा हानेर तोडफोड गरेका बताए ।

त्रिभुवन विश्वविद्यालयले कर्मचारी भर्ना, पदाधिकारी नियुक्ति पारदर्शी ढंगले नगरेको भन्दै केही दिनदेखि नेपाल विद्यार्थी संघ र प्रजातान्त्रिक प्राध्यापक संघ आन्दोलन गरिरहेका छन् ।

ढुंगा प्रहारबाट कार्यालयका झ्यालका सीसा फुटेको छ। गाडीमा पनि क्षति छ।

यसअघि नेविसंघ केन्द्रीय समिति र त्रिवि समितिले पटक-पटक त्रिविमा ज्ञापनपत्र बुझाउँदै त्रिविका नियुक्तिमा सत्तारूढ नेकपाका कार्यकर्ता भर्ती नगर्न आग्रह गरेका थिए।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


#नेपाल विद्यार्थी संघ

प्रतिकृया दिनुहोस