२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

शैक्षिक संस्था र भर्ना अभियान भदौ १५ सम्म बन्द गर्ने निर्णय

सोमबार २६, साउन २०७७ १०:२१

शैक्षिक संस्था र भर्ना अभियान भदौ १५ सम्म  बन्द गर्ने निर्णय

काठमाडौं । सरकारले भदौ १५ सम्म विद्यार्थी भर्ना अभियान र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ सम्म भर्ना अभियान तथा तोकिएका परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । 

सरकारले यसअघि भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने घोषणा गरेको थियो ।

समुदायस्तरमा कोरोना फैलन थालेपछि यसअघि तोकिएका परीक्षा अर्को निर्णय नभएसम्म स्थगित गर्ने निर्णय भएको हाे । 


#काेराेना

प्रतिकृया दिनुहोस