२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

देउवाले फेरि गरे पार्टीका ५ विभागमा १६६जनालाई मनोनयन (सूचिसहित)

सोमबार २६, साउन २०७७ ०८:३४

देउवाले फेरि गरे पार्टीका ५ विभागमा १६६जनालाई मनोनयन (सूचिसहित)
फाइल तस्बिर ।

काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार थप पाँच विभागमा सदस्य मनोनयन गरेका छन् । संस्थापन इतरपक्षको विरोधकाबीच देउवाले धमाधम विभागहरुमा मनोयन गरेका हुन् ।

सोमबार देउवाले पाँच विभागमा संयोजकसहित सदस्यहरूलाई पूर्णता दिएका हुन्। देउवाले आइतबार राती पनि विभाग गठन र उपप्रमुख, सचिव र सदस्यहरू मनोनित गरेका थिए।

देउवाले पछिल्लोपटक उद्योग व्यापार, आदिवासी जनजाति, जनसम्पर्क समिति, श्रमिक तथा ट्रेड युनियन, राज्य प्रशासन विभागमा १ सय ६६जना सदस्य मनोनय गरेका हुन् ।

देउवाले आइतबार राति ११ बजे १० वटा विभागमा ३ सय ९४ सदस्य मनोनयन गरेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशनलाई प्रभावित पार्नेगरी विभागहरुमा मनोनयन गर्ने क्रम गरिएको भन्दै विरोध जनाएको छ । 

पार्टीको विधान अनुसार केन्द्रीय विभागको गठन महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नु पर्ने व्यवस्था छ ।

सभापति देउवाले चार वर्षको कार्यकालमा गठन नगरेको विभागलाई महाधिवेशनको कार्यतालिका घोषणा भएपछि गठन गरेका हुन् ।

देउवाले केन्द्रीय विभागमा मनाेनयन गरेकाहरुको सूची :


#नेपाली काँँग्रेस

प्रतिकृया दिनुहोस