२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

मगंलबारसम्म वर्षा हुने सम्भावना

आइतबार २५, साउन २०७७ ११:४५

मगंलबारसम्म वर्षा हुने सम्भावना

काठमाडाैं । न्यूनचापीय रेखा तराई भूभाग नजीक रहेकाले सोमबारसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने भएको छ ।  

मंगलबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद प्रतिभा मानन्धरले बताइन् ।

जल  तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दैै प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुन सक्ने देखिएकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज अपराह्न देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


#जल  तथा मौसम विज्ञान विभाग

प्रतिकृया दिनुहोस