२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

‘इनफ इज इनफ’ का अभियन्ता ईः ले ताेडे अनसन

आइतबार २५, साउन २०७७ ०९:५८

‘इनफ इज इनफ’ का अभियन्ता ईः ले ताेडे अनसन

काठमाडाैं । २३ दिनदेखी सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’का अभियन्ता ईः ले आइतबार बिहान अनशन तोडेका छन् ।

सरकारलाई कोरोना नियन्त्रणमा प्रभावकारी कार्य गर्न माग गर्दै सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ अभियन्ता ईः ले २३ औं दिनमा अनशन तोडेका हुन् ।

आइतबार बिहान उनी उपचाररत मण्डिखाटारस्थित हृयाम्स अस्पतालमा स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

स्वास्थ्य बिग्रिएपछि अनशनको १७ औं दिनमा ईः अस्पताल भर्ना भएका थिए । त्यसपछि उनले अस्पतालबाटै सत्याग्रहलाई निरन्तरता दिए ।

कोभिड–१९ को प्रभावकारी व्यवस्थापनको माग गर्दै ईः दोस्रो पटक सत्याग्रहमा बसेका हुन् । पहिलो पटक उनी र पुकार बम पाटन दरबार स्क्वायरमा अनशन बसेका थिए । 


#इनफ इज इनफ

प्रतिकृया दिनुहोस