२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

गोकुल बाँस्कोटा भन्छन् : बरु कोरोनाको ओखती फेला पर्ला नेकपा झगडाको ओखती नपाइने भो

शनिबार २४, साउन २०७७ ०८:१६

गोकुल बाँस्कोटा भन्छन् : बरु कोरोनाको ओखती फेला पर्ला नेकपा झगडाको ओखती नपाइने भो

काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्।

‘बरु कोरोनाको ओखती फेला पर्ला नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ बाँस्कोटाले शुक्रबार ट्वीट गरेका छन् ।

नेकपाको विवादका पछिल्ला गतिविधि हेर्दा २०५४ सालको झझल्को आउन थालेको उल्लेख गर्दै उनले बिहान मिलेको कुरा बेलुका भत्काइ दिने कन्ट्रोल कक्ष कहाँ रहेछ भनेर प्रश्न पनि गरेका छन्।

नेकपा केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि संघर्ष चर्किएकाे छ। वरिष्ठ नेताहरू गुटगत छलफलमा छन् ।  नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको समेत साथ लिएर ओलीलाई पदबाट हटाउन खोजेपछि विवाद चुलिएको छ । 

विवाद बढ्दै जाँदा पार्टी विभाजनको चरणमा पुग्न थालेपछि दुवै समूहले एक अर्कालाई विखण्डनकारीको दोषारोपण गरिरहेका छन्।

विवाद समाधानका लागि यसबीचमा पटक पटक बाेलाइएकाे स्थायी कमिटि बैठक स्थगित हुँदै अाएकाे छ । 


प्रतिकृया दिनुहोस