२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

तत्काललाई देशव्यापी लकडाउन हुदैनः सरकार प्रवक्ता

बिहिबार २२, साउन २०७७ ०६:००

तत्काललाई देशव्यापी लकडाउन हुदैनः सरकार प्रवक्ता
फाइल तस्बिर ।

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन नहुने बताएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘चैत ११ गतेको जस्तो लकडाउनबारे सरकारले केही पनि सोचेको छैन ।’

जोखिम हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले भने लकडाउनबारे निर्णय लिन सक्ने मन्त्री खतिवडाले जानकारी दिए ।

स्थानीय प्रशासनको निर्णय अनुसार केही जिल्लामा लकडाउन रहेको उल्लेख गर्दै उनले भने, ‘पूर्ण लकडाउन हुन्छ की भनेर त्रस्त हुनुपर्ने अवस्था छैन ।’

संक्रमणको जोखिम नभएको ठाउँमा खुकुलो र संक्रमण भएको ठाउँमा कडा गर्ने सरकारको नीति रहेको उनको भनाइ छ । 

संक्रमितको संख्या बढ्दै गएकाले तत्कालै उदार भएर सार्वजनिक यातायात, विद्यालय वा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने अवस्था नआईसकेको प्रवक्ता खतिवडाले बताए ।


#मन्त्रिपरिषद्

प्रतिकृया दिनुहोस