२०८० चैत १५ गते बिहिबार | 28 March, 2024

सुनको मूल्य हालसम्मकै उच्च

बिहिबार २२, साउन २०७७ १२:३९

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको मुल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको कारोबार प्रतोतोला मूल्य एक लाख दुई हजार पाँच सय रुपैयाँ तोकेको छ ।

एक तोला सुनको यो मूल्य हालसम्मकै उच्च हो । महासंघले तेजाबी सुनको प्रतितोला मूल्य एक लाख दुई हजार रुपैयाँ तोकेको छ ।

बिहीबारका लागि चाँदीको खरिद बिक्री मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ छ ।

बढ्दो मूल्यका कारण सुन चाँदीको बिक्रि अत्यन्तै न्यून रहेको महासंघले जनाएको छ ।

 


#सुनचाँदी

प्रतिकृया दिनुहोस