२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

फुड एप भोजको बिल आइएमई पेबाट भुक्तानी गर्दा २० प्रतिशत क्यास ब्याक

- विशेष खबर शुक्रबार २९, साउन २०७८ १०:०७

फुड एप भोजको बिल आइएमई पेबाट भुक्तानी गर्दा २० प्रतिशत क्यास ब्याक

काठमाडौं। आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे‘ र भोजवीच सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपालको वान स्टप फुडि एप भोजबाट खरिद गर्दा सेवाग्राहीहरुले अबदेखि आइएमई पे एप मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन् ।

भोज र आइएमई डिजिटल सोलुसन लिमिटेडवीच भएको सम्झौता पश्चात अब भोज्बाट आइएमई पे माफर्त खरिद गर्दा ५०० नबढ्ने गरी २०% क्यासब्याक  गरी सेवाग्राहीले प्राप्त गर्न सक्नेछन् । अफर १३ अगस्त २०२१ देखि १९ अगस्त २०२१ सम्म लागु हुनेछ ।

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका बजार ब्यवस्थापक आमोद भट्टराईले भोज्मा ‘आइएमई पे' को भुक्तानी सेवासंगै २०% क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी  सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताए ।

सेवा शुरुआत गरिएको उपलक्ष्यमा बोल्दै भोज्का सह–सस्थापक निकेत अग्रवालले भोजदिल्स्बाट खरिद गर्दा ‘आइएमई पे’ मार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास ब्यक्त गरे।  


#आइएमई ग्रुप #आइएमई पे

प्रतिकृया दिनुहोस