२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

कोभिड– १९ को भ्याक्सीन लगाउनेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट

- विशेष खबर बुधबार ०८, बैशाख २०७८ ०४:५८

कोभिड– १९ को भ्याक्सीन लगाउनेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट

काठमाडाैं । कोभिड– १९ विरुद्ध दोस्रो चरणको खोप लगाएका आगन्तुकहरूलाई चन्द्रागिरि केवलकारले २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । छुटका लागि खोप कार्ड टिकट काउन्टरमा  पेश गर्नुपर्ने छ ।

कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यवद्वता जनाउँदै उच्च स्वास्थ्य सुरक्षासतर्कता अवलम्बनमा सचेतना अभिवृद्विगर्ने कार्यमा यो योजना सहयोगीहुने समेत केवलकारले विश्वास गरेकाे छ । यो योजना यही वैशाख ०९ गतेबाट शुरू भइ जेठ १७  सम्मको लागि मान्य हुनेछ । 

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा  कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमाविकास गरिरहेको छ ।
 


#चन्द्रागिरि केवलकार

प्रतिकृया दिनुहोस